मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

शेयर बजारमा सामान्य वृद्धि, १३ अर्ब ५७ करोड बढी कारोबार

शेयर बजारमा सामान्य वृद्धि, १३ अर्ब ५७ करोड बढी कारोबार

काठमाडौं । मंगलबार शेयर बजारमा सामान्य अंकले बढेको छ । यसदिन शेयर बजार ६.९० अंकले बढेर २८३० को बिन्दुमा कायम भएको छ ।

आज १०६ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ ।

आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन सात कम्पनीका लगानीकर्ताले कमाएका छन् । एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषि लघुवित्त वित्तीय संस्था, विन्ध्यावासिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

आज एनएलजी इन्स्योरेन्स कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको २८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend