बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

शान्तिको लागि अथक प्रयास गरेकोले प्रचण्डलाई ‘नोबेल शान्ति पुरस्कार’ दिनुपर्छ : सांसद मोदी

शान्तिको लागि अथक प्रयास गरेकोले प्रचण्डलाई ‘नोबेल शान्ति पुरस्कार’ दिनुपर्छ : सांसद मोदी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मोदीले अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिन माग गरेका हुन् ।

उनले प्रचण्डले समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको भन्दै पाएका सबै परिवर्तनहरुको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने बताए ।

उनले ०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह गरे ।

उनले भने – ‘जनयुद्ध लडेका पार्टीका कमाण्डर प्रचण्ड, जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यि सबैको जनक भनिनु पर्छ ।

शान्तिको लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रश्ताव गर्नुपर्छ । र नोबेल पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’

मोदीले जनयुद्धलाई हिंसा भन्नेभए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend