logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • महालक्ष्मी विकास बैंकद्वारा ‘एनएफआरएस ईसीएल’ कार्यान्वयन गर्न समझदारी

    महालक्ष्मी विकास बैंकद्वारा ‘एनएफआरएस ईसीएल’ कार्यान्वयन गर्न समझदारी

    231
    Shares
    महालक्ष्मी विकास बैंकद्वारा ‘एनएफआरएस ईसीएल’ कार्यान्वयन गर्न समझदारी

    काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

    कम्पनीका प्रतिनिधि र केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेसका प्रतिनिधिसँग एक समझदारी पत्रमा हस्ताक्षर गरका हुन् । उक्त समझदारीबाट जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

    साथै, यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन/अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्ने पनि कम्पनीले बताएको छ ।

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend