logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • केपिआई ब्राण्ड नेपाली हेल्मेट : ४० करोड कारोबार, आयातलाई छेकेर निर्यात गर्दै

    केपिआई ब्राण्ड नेपाली हेल्मेट : ४० करोड कारोबार, आयातलाई छेकेर निर्यात गर्दै

    5.2K
    Shares
    केपिआई ब्राण्ड नेपाली हेल्मेट : ४० करोड कारोबार, आयातलाई छेकेर निर्यात गर्दै

    काठमाडौं । नेपालमा सियो पनि बन्दैन भन्ने मानक बनेका बेला यसलाइ चिर्दै कोहिनुर प्लास्टिक इन्डस्ट्रिज (केपिआई) ले नेपालमै हेल्मेट उत्पादन गरिरहेको छ । कोहिनुरले उत्पादन गरेको नेपाली हेल्मेटले बजार हिस्सा पनि बढाइरहेको छ । कच्चा पदार्थ ल्याएर स्वदेशमै उत्पादन हुँदै आएको ‘केपिआई हेल्मेट’ एसेम्बल ब्राण्डमात्र होइन ।

    अन्तर्राष्ट्रिय र राष्ट्रिय गुणस्तर मापदण्डसहित उत्पादन गरिरहेको केपिआई हेल्मेट आईएसओ र आईएसआई प्रमाणित कम्पनी हो । अत्याधुनिक प्रविधिसहित सस्तो, सुरक्षित र स्टाइलिस हेल्मेट उत्पादन गरेर हेल्मेट उत्पादनमा क्रान्ति ल्याएको कम्पनीको दाबी छ । कोहिनुर नेपालमै हेल्मेट उत्पादन गर्ने पहिलो कम्पनी हो ।

    नेपालमा एसेम्बल प्लान्टमात्र रहेका बेला युवा उद्यमी सुमन बस्यालले रुपन्देहीको तिलोत्तमामा उद्योग स्थापना गरेर स्वदेशमै हेल्मेट उत्पादन सुरु गरेका हुन् । ‘अत्याधुनिक प्रविधिसहित सस्तो, सुरक्षित र स्टाइलिस हेल्मेट उत्पादन गरेर क्रान्ति ल्याउन प्रयासरत छौं’ बस्यालले सुनौलो नेपालसँग भने ।

    आवश्यक सबै कच्चा पदार्थ ल्याएर कोहिनुर प्लास्टिक इन्डस्ट्रिजले नेपालमा हेल्मेट उत्पादन गरिरहेको छ । कोहिनुरका केपिआई ब्राण्डका हेल्मेट अहिले पूर्वमेचीदेखि महाकालीसम्म पुग्ने गरेका छन् । उनीहरुले कम्पनीले उत्पादन गर्ने हेल्मेटमा ग्राफिक्सको माध्यमबाट नेपालीपनको झल्को दिने गरेका छन् । ‘हामीले हेरिटेज एडिसन भनेर हेल्मेटमा राखेका छौं’ सुमन भन्छन् ।

    पशुपति मन्दिर, कर्णाली पुल, धरहरा, दरबार स्क्वायर लगायतका सम्पदा क्षेत्रको ग्राफिक्स राखेर हेल्मेट उत्पादन हुँदै गएको छ । कम्पनीले बनाएको हेल्मेट नेपाली उपभोक्ताको रोजाईंमा पर्ने गरेको छ ।

    यसरी स्थापना भयो हेल्मेट उद्योग

    २०७३ सालमा ५ करोड रुपैयाँ लगानीमा सुरु भएको हेल्मेट उद्योगमा अहिले ७० करोड रुपैयाँ लगानी पुगेको छ । कम्पनीले अहिले वार्षिक ४० करोड रुपैयाँ भन्दा बढीको व्यापार गर्दै आएको छ । बुवा रामप्रसादले ३४ वर्षअघि नै स्थापना गरेको कोहिनुर इन्डस्ट्रिजमा सानो स्पेस लिएर सुमनले हेल्मेट उत्पादनको कन्सेप्ट बनाएका थिए । कोहिनुर इन्डस्ट्रिज करिव दुई बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

    ग्राहकको मन जित्दै गएपछि अहिले अहिले तिलोत्तमा १७, गंगोलियामा छुट्टै कारखाना निर्माण गरेर हेल्मेट उत्पादन भइरहेको छ । १२ कक्षा पास भएपछि विदेश जान आईईएलटीएससमेत पढेर रोकिएका बस्याल अहिले उद्यमी बनेका छन् । उनको उद्योगबाट एक दर्जन मोडलका हेल्मेट उत्पादन भइरहेको छ ।

    केपिआई हेल्मेटले ३ सय नेपालीलाई स्वदेशमै रोजगारी दिएको छ । हेल्मेट आयातमा वार्षिक करोडौं रुपैयाँ विदेश जानबाट रोकिएको छ । नेपालमा बाइक र स्कुटर बिक्रेता कम्पनीहरुले केपिआई ब्राण्डका हेल्मेटलाई सिफारिस गर्ने गरेको बस्याल बताउछन् । अहिले दैनिक ५ हजार युनिट हेल्मेट उत्पादन गर्ने क्षमता भए पनि करिव ३ हजार युनिट उत्पादन हुँदै आएको छ ।

    नेपाल हेल्मेट टिकाउन भन्सार दर वृद्धि

    बस्याल नेपालमै उत्पादित हेल्मेट कम्पनीलाई टिकाउन विदेशी हेल्मेट आयात भन्सार दर वृद्धि गर्नुपर्ने बताउँछन् । उनको कम्पनी भारतीय बजारमा जान प्रयास गरिरहेको छ । ब्रान्डको बजार विस्तार गर्न भन्सारदर चुनौती भएको उनको भनाई छ । विदेशबाट हेलमेट आयात गर्दा १५ प्रतिशत मात्र भन्सार दर रहेको उनले सुनाए । यसले गर्दा नेपाली उत्पादनले विदेशी ब्रान्डको हेलमेटसँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिन भएको उनको गुनासो छ ।

    विभिन्न व्यापार सन्धिहरुका कारण आयात पूर्णरुपमा बन्द गर्न नसकिएला । तर, भन्सार दर बढाएर हुन्छ वा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएर हुन्छ नेपाल भित्रको उद्योगलाई चलायमान बनाउन भन्सार दरबाट खेल्न सकिने काममा सहज गर्यो भने बन्द भएका उद्योगहरुलाई चलाउन समस्या नपर्ने उनको भनाई छ ।

    अन्त्यमा जति पनि युवाहरु विदेश जानु भएको उहाहरुले स्वदेशमा जति पनि सम्भावनाहरु छन त्यसलाई आत्मनिर्भर रहेर नेपालमा नै केहि गर्ने अवस्था सिर्जना गराउन अनुरोध गर्न चाहन्छु ।

    हेल्मेट उत्पादन मापदण्ड

    नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको पनि गुणस्तर सम्बन्धी मापदण्ड बनाएको छ । सुरक्षाका लागि लगाइएको हेल्मेट दुर्घटना हुँदा हेलमेट एकातिर र मान्छे अर्कातिर भई हेल्मेटसमेत फुट्नाले चालकको ज्यानको जोखिम भएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटमा पनि गुणस्तर मापदण्ड बनाएको हो ।

    सुरक्षाका लागि लगाइने हेल्मेटले सुरक्षा नदिएपछि यसको मापदण्ड निर्धारण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागका गुणस्तर निर्धारण शाखा प्रमुख अनिल शाक्यले बताए ।

    दुई पाङग्रे (बाइक, स्कुटर) सवारी साधन प्रयोग गर्दा हामी अनिवार्य रूपमा हेल्मेटको प्रयोग गर्छौ। दुर्घटनाबाट बच्न हेलमेट अनिवार्य गरिएको छ । तर, यसअघि हेल्मेटको गुणस्तरसम्बन्धी मापदण्ड भने बनाइएको थिएन । बजारमा अन्तर्राष्ट्रियस्तरका सुरक्षित हेल्मेट पाइने भए पनि सामान्यतया नेपालीले सस्तो हेल्मेट प्रयोग गर्ने गरेको व्यापारीहरू बताउँछन् ।

    शाक्यका अनुसार बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा तोकिएको छ ।

    उनका अनुसार यो मापदण्ड बाध्यात्मक भने होइन । यदि कुनै उद्योगीले यो मापदण्ड पु¥याएर हेलमेट बनाउँछन् भने त्यसलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरिने छ । हाफ फेसमा १२ सयदेखि २ हजार सम्म र फुल फेसमा २५ सयदेखि ३ हजार रुपैयाँसम्म मूल्य राखिएको कम्पनीले जनाएको छ ।

    निर्यातको तयारी

    कम्पनीले उत्पादन गरेको हेल्मेट भारतमन निर्यात गर्ने तयारी थालेको छ । भारतीय स्ट्यान्डर्ड मापदन्ड लिन समय लाग्दा निर्यातमा ढिलाइ भएको उनको भनाई छ । बस्यालका अनुसार कम्पनीसँग दैनिक ५ हजार युनिट हेल्मेट उत्पादन गर्न सक्ने क्षमता छ । तर खपत दैनिक लगभग ३ हजार युनिटको मात्र छ।

    उद्योगमा ‘इन्जेक्सन मोडलिङ मेसिन छ । मेसिन कम्पनीले जापानबाट ल्याएको हो । जसले हेल्मेट्सका लागि लाग्ने चाइल्ड पाट्र्सदेखि अन्य सेलहरुको विकास गरिएको छ ।

    सामान्यतया कच्चा पदार्थ अर्थात र म्याटेरियल्सको काम भने एबीएस मेसिनबाट तयार पारिन्छ । यसमा हेल्मेटको अति आवश्यक पाट्र्स अर्थात डेड पार्ट ग्रयानुयल्स नै एबीएस अन्तर्गत पर्छ। त्यसपछि ३५० टनेज मेसिनमा हाफ फेसको फ्रेम तयार पारिन्छ ।

    चाहिएको कुनै पनि समान बनाउन परेमा थर्मोकल पनि आफै बनाएर त्यसलाई क्वालिटी मेन्टेन गर्न चाहिने सेल, भाईजर लगायत चाहिने सबै पार्टहरुको उत्पादन कोहिनूर स्वयम आफै गर्छौ ।

    (सुनौलो नेपालको वार्षिक संस्करणबाट)

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend