बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पाकिस्तानमा मनसुन वर्षा सम्बन्धी दुर्घटनामा २९३ जनाको मृत्यु, ५६४ घाइते

पाकिस्तानमा मनसुन वर्षा सम्बन्धी दुर्घटनामा २९३ जनाको मृत्यु, ५६४ घाइते

एजेन्सी । नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीका अनुसार पाकिस्तानका केही भागहरूमा मनसुन सिजनको अविरल वर्षाले विगत दुई महिनामा दुई सय ९३ जनाको मृत्यु भएको छ ।

एजेन्सीका अनुसार अन्य ५ सय ६४ जना घाइते भएका छन् । भारी वर्षाले देशभर १९ हजार ५७२ घर, ३९ पुल र धेरै विद्यालयमा जुलाई १ देखि अगस्ट ३१ सम्म आंशिक वा पूर्ण क्षति पुगेको एनडीएमएले जनाएको छ ।

अधिकांश क्षति र हताहत पूर्वी पञ्जाव प्रान्तमा भएको छ । जहाँ ११२ मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए । ३०२ जनाले मुसलधारे वर्षाका कारण घाइते भएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा ८८ जनाको मृत्यु र १२९ घाइते भएका छन् । एनडीएमएले आगामी दिनमा पाकिस्तानका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend