सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

कास्य पदक विजेता पलेशालाई काठमाडौं महानगरद्वारा नगदसहित सम्मान

कास्य पदक विजेता पलेशालाई काठमाडौं महानगरद्वारा नगदसहित सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

त्यस्तै, महानगरपालिकाले प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका हुन् ।

बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् ।

यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

त्यस्तै, सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend