logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कृषिका लागि आवश्यक कलकारखाना र सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्छु : प्रस्तावित राजदुत तुम्वाहाङ्फे

    कृषिका लागि आवश्यक कलकारखाना र सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्छु : प्रस्तावित राजदुत तुम्वाहाङ्फे

    574
    Shares
    कृषिका लागि आवश्यक कलकारखाना र सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्छु : प्रस्तावित राजदुत तुम्वाहाङ्फे

    काठमाडौं । दक्षिण कोरियाका लागि प्रस्तावित राजदुत डा. शिवमाया तुम्वाहाङ्फेले कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्ने बताएकी छन् ।

    बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले दक्षिण कोरियाबाट कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्ने बताएकी हुन् ।

    त्यस्तै, चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रश्ताव गर्ने बताइन् । उनले फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा पनि सहयोग प्रस्ताव गर्ने उल्लेख गरिन् । उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्ने भन्दै लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्ने योजना रहेको बताइन् ।

    त्यसैगरी उनले नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौं–कोरिया सिधा उडान भर्न पहल गर्ने र दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्ने बताइन् ।

    उनले भनिन् – ‘उच्चस्तरीय भ्रमणमा जोड दिन्छु । दुई देश बिचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ । त्यसको साथै कोरियाली लगानीकर्तासँग नियमित भेटघाट, सम्पर्क र उनीहरुको नेपालमा लगानीप्रतिको विश्वास बढाउनका लागि नेपालबाट सरोकारवाला मन्त्री वा उच्चस्तरीय अधिकारीहरुको नियमित भ्रमण हुन आवश्यक देखिन्छ ।

    नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार सन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने अवस्था छ । व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ । कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्नेछु ।

    चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रस्ताव गर्नेछु । सूचना प्रविधिको क्षेत्रमा, फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा सहयोग प्रश्ताव गर्नेछु । लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्नेछु । लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्नेछु ।

    नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौं–कोरिया सिधा उडान भर्न जरुरी छ । यसको निम्ति पहल गर्नेछु । दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्नेछु ।’

    उनले संसदीय कुटनीतिका लागि आवश्यक पहल गर्ने पनि बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend