logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको समस्या समाधान गर्न सहयोग गर्छु : प्रस्तावित राजदुत श्रेष्ठ

    दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको समस्या समाधान गर्न सहयोग गर्छु : प्रस्तावित राजदुत श्रेष्ठ

    882
    Shares
    दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको समस्या समाधान गर्न सहयोग गर्छु : प्रस्तावित राजदुत श्रेष्ठ

    काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत प्राडा कपिलमान श्रेष्ठले त्यहाँ अवस्थित नेपालीहरुको समस्या समाधान गर्न भुमिका खेल्ने बताएका छन् ।

    बुधबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदुत श्रेष्ठले दक्षिण अफ्रिकामा बसोबास गर्ने ३ हजार ५ सय नेपालीहरुलाई नेपालसँग सम्बन्ध गाँस्न र आइपरेका समस्या समाधान गर्न भुमिका खेल्ने बताएका हुन् ।

    उनले राजदुतावासको क्षमता विकास गर्ने पनि बताए । उनले दक्षिण अफ्रिकामा नेपालको बारेमा प्रचार–प्रसार गर्दै नेपालसँगको सम्बन्ध फाइदाजनक हुने कुरामा विश्वास दिलाउन लागि पर्ने बताए ।

    लगानी भित्र्याउनका लागि निजी क्षेत्रहरुका बीचमा सम्बन्ध स्थापित गराउने र छलफल चलाउने पनि उनको भनाई छ ।

    श्रेष्ठले दुई देशका बिचमा क्रिकेट खेलको क्षेत्रमा सम्बन्ध स्थापित गराउने पनि बताए । उनले राजदुत पद परिवर्तनको वाहकको रुपमा रहेको भन्दै सोही रुपमा पदीय मर्यादा कायम राख्ने बताए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend