logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सरकारले राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको छ : प्रधानमन्त्री ओली

    सरकारले राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको छ : प्रधानमन्त्री ओली

    406
    Shares
    सरकारले राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन् ।

    बुधबार पार्टी मुख्यालय च्यासलमा पार्टी पोलिटव्युरो बैठक समापन समारोहमा बोल्दै उनले सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहिनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गरेको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भनाइ उद्धत गर्दै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए ।

    प्रधानमन्त्री ओलीले सरकारप्रति नेपाली जनताको विश्वास बढदै गएको भन्दै त्यसलाई अझै उचाईमा पुर्याउन सरकार लागिपर्ने बताएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा कुनैपनि खाले निरंकुश, अराजक, अनुशासनहिनता स्वीकार्य नहुने कुरा पनि बताएको जानकारी दिए ।

    उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा सहमती गरेर मुलुकको स्थायित्व, स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने जो काम गरेर जनतालाई आश्वास्त गर्ने काम गरेका छौं । सरकार जनताप्रति विश्वस्त छन् भन्नुभएको छ । अहिले समाजमा भएका जुन खालका अराजकता, अनुशासनहिनता बढिराखेको छ । हामी नागरिक सर्वोच्चता चाहन्छौँ ।

    विधिको शासन मान्छौं । र लोकतान्त्रिक मूल्यमान्ता अनुसार अगाडि बढ्न चाहन्छौँ । हामी कुनै पनि खाले निरंकुश, अराजक, अनुशासनहिनतालाई अस्वीकार गर्दछौं । र लोकतन्त्रलाई सुदृढ गर्ने पक्षमा हामी उभिनेछौं ।’

    अध्यक्ष ओलीले मुलुकलाई समृद्ध नेपालः सुखी नेपालीको परिकल्पना अनुसार अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा अघि बढाउनुपर्ने आवश्यकता पनि रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend