logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरुले लिनुपर्छ : उपमहासचिव ज्ञवाली

    नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरुले लिनुपर्छ : उपमहासचिव ज्ञवाली

    518
    Shares
    नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरुले लिनुपर्छ : उपमहासचिव ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यि मुद्दाहरु उठाउने कामको अगुवाई वामपन्थीहरुले गरेको बताए । उनले जलवायु संकटका एकमात्र कारकहरु दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु रहेको बताए । उनले अहिले श्रमीकहरु झनै संकटमा परिरहेको बताए ।

    उनले भने, ‘केही नयाँ इस्युहरु आएका छन् । जुन इस्युहरुको लिड वामपन्थीहरुले, समाजवादीहरुले लिनुपर्छ । जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवायु संकटको तहमा पुगेका छौँ । त्यसले ढोका ढक्ढक्याउन थालेको छ । त्यो मुद्दाहरुको अगुवाई हामी वामपन्थीहरुले गर्नुपर्छ ।

    किनभने जलवायु संकटका एकमात्र कारकहरु भनेका दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु हुन् । श्रमीकहरु झनझन संकटमा पर्न थालेका छन् ।

    जुन हिसावले उत्पादनका ढाँचाहरु बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको संगठित श्रम कमजोर हुँदै गएर मान्छेका आउटसोर्समाध्यमबाट, अरु विभिन्न ढंगले, प्रविधिमा लिड गर्ने कुराहरु छन् ।’

    उपमहासचिव ज्ञवालीले २०६२–०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताए । २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरुले लिनुपर्ने बताए । उनले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend