logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक छ : अग्नि सापकोटा

    वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक छ : अग्नि सापकोटा

    266
    Shares
    वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक छ : अग्नि सापकोटा

    काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जरुरी रहेको बताए । उनले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताए । उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताए ।

    उनले नेपाल नेपालीहरुको भएकाले नेपालीहरुले नै चलाउनुपर्ने बताए ।

    उनले भने, ‘जनताले विचार खोजेका छैनन् भन्ने खालका भाष्यहरु बनाउन कोशिस गरिएको छ । प्रियतावादीहरुको रुझान बढ्दै गइरहेको छ । यो परिस्थितिमा हामीले फेरि एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जो हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ, सबैलाई विशेष रुपमा नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षको हैसियतले जोडदार रुपमा के अपिल गर्दछु भने अब हामीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि मुख्यतः हामीले राष्ट्रियताको सवाल असाध्यै धेरै पेचिलो भएको छ र हामीले भन्नुपर्छ, सबै एकतावद्ध भएर नेपाल नेपालीहरुको हो ।

    नेपाल नेपालीहरुले चलाउनुपर्छ । हामी कसैको हैकम मान्नेवाला छैनौँ । हामी विश्वशान्तिको पक्षमा दृढतापूर्वक खडा हुनेछौँ भनेर राष्ट्रियताको सवालमा हामीले भन्नुपर्नेछ ।’

    उनले अहिले विश्वयुद्धको खतरा मडारिरहेको भन्दै त्यो आँधीबेहरीका लागि तयार हुनुपर्ने बर्ता ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend