काठमाडौँ । लघुवित्त वित्तीय संस्थाका कार्यालयमा आक्रमण र तोडफोड हुन थालेको छ । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि यस्ता घटना बढेको देखिएको छ । माओवादी केन्द निकट लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको संलग्नता देखिएको छ ।
समितिको नेतृत्व मनिराम ज्ञवालीले गरेका छन् । लघुवित्त संघर्ष समितिले सरकारबाट माओवादी बाहिरिए लगत्तै लघुवित्त विरुद्धको आन्दोलनलाई थप सशक्त बनाएको छ । अराजकता बढेपछि यतिखेर बैंक तथा वित्तीय क्षेत्र त्रसित बनेको छ ।
काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित विन नेपाल लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।गत भदौ ११ मा लघुवित्तको कार्यालयका कर्मचारी विनीता खरेललाई नियन्त्रणमा लिएर तोडफोड गरेका थिए।
उनीहरूले सामान तोडफोड गरेर लघुवित्तको कागजात बा १८ च १०५१ नम्बरको बोलेरोमा लगेको आरोप लगाएर लघुवित्तका शाखा प्रबन्धक विकाश रत्न श्रेष्ठले जाहेरी दिएका थिए । शाखा प्रबन्धकको जाहेरीको आधारमा १२ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । मुलुकी अपराधसंहिता–२०७४ अनुसार आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताएका छन्।
श्रेष्ठका अनुसार पक्राउ पर्नेमा खानीखोला गाउँपालिका–१ घर भएका भक्त बहादुर ब्लोन, चौरीदेउराली घर भएकी कमला माझी, भुम्लु गाउँपालिका–१० बस्ने ५९ वर्षीया कान्छीमाया तामाङ, सिन्धुपाल्चोक घर भएकी ४० वर्षीया सरु दाहाल, रुपा पोखरेल र हिरा शाही छन् ।
त्यस्तै, ६० वर्षीया इन्दु कुमारी खरेल, प्रिया खत्री, २८ वर्षीया रमा चौलागाईं, निल कुमारी लुइँटेल, गोमा खत्री र गंगादेवी चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ ।
संघर्ष समितिले भदौ ११ गते माग पुरा गराउन भन्दै आन्दोलन गर्दै आएको छ । सरकारले गठन गरेको कार्यदलले हालसम्म पनि कुनै ठोस निर्णय दिन नसकेपछि आन्दोलन गर्नुपरेको समितिका अध्यक्ष ज्ञवालीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन् । उनले पक्राउ परेका सबैलाई रिहाइ गर्न माग गरेका छन् । संघर्ष समितिले आन्दोलनको नाममा नौ वटा लघुवित्त संस्थाका १७ वटा शाखा कार्यालयमा तोडफोड, आगजनी र महत्त्वपूर्ण प्रमाण तथा कागजात नष्ट गर्ने काम गरेका छन्
यस्तै लघुवित्त संस्थाको शाखा कार्यालयमा गएर तोडफोड, लुटपाट, आगजनी लगायतका गतिविधिहरू बढेपछि बैंकरहरूले दुःख व्यक्त गरेका छन् । उनीहरुले यसलाई रोक्न र काम गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेर आक्रामणको भत्सर्ना गरेका छन् ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालसँग सुनौलो नेपालले गरेको कुराकानी :