logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • टाइम फर्मास्युटिकल्सले आइपिओ ल्याउँदै, औषधी व्यापार बढेर पुग्यो ९५ करोड

    टाइम फर्मास्युटिकल्सले आइपिओ ल्याउँदै, औषधी व्यापार बढेर पुग्यो ९५ करोड

    1.3K
    Shares
    टाइम फर्मास्युटिकल्सले आइपिओ ल्याउँदै, औषधी व्यापार बढेर पुग्यो ९५ करोड

    काठमाडौं । निजी लगानीमा स्थापना भएको मुलुकको पुरानो औषधी उद्योग मध्यको एक टाइम फर्मास्युटिकल्स प्राइभेट लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

    आइपिओ निष्कासनको तयारी भइरहेको टाइमले जनाएको छ । प्रस्तावित आइपिओ योजनाले पुँजीगत कोषमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

    आइपिओले ऋण निर्भरता घटाउने भएको उद्योगले जानकारी दिएको छ । भविष्यको कोष आवश्यकताको लागि पूँजी बजारमा प्रवेश गर्न लागेको हो । एन्टिबायोटिक्स, एन्टिकोल्ड, सप्लिमेन्ट्स, एनाल्जेसिक, एन्टिडायबेटिकसहित धेरै खण्डहरूमा जसले दिगो सहायता प्रदान गर्ने उद्योगले जनाएको छ । आइपिओ निष्कासन गर्न लागेको टाइम्स फर्मास्यिुटिकल्सको व्यापार बढ्दै गएको छ ।

    यो वर्ष उद्योगको व्यापार १५.२० प्रतिशत बढेर ९४ करोड ७० लाख रुपैयाँ व्यापार गरेको छ । गत वर्ष टाइम्सको व्यापार ८२ करोड २० लाख रुपैयाँ थियो । एक वर्षको बीचमा उद्योगको औषधी व्यापार साढे १२ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा देखिएको छ ।

    २०२२ मा ९९ करोड, २०२१ म ७९ करोड १० लाख रुपैयाँ व्यापार गरेको थियो । यस्तै २०२० मा ८६ करोड ६० लाख रुपैयाँ औषधी व्यापार गरेको थियो । २०१९ मा ६६ करोड ३८ लाख, २०१८ मा ७२ करोड र २०१७ मा ६५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । वित्तीय विवरण हेर्दा उद्योगको औषधी व्यापार वर्षेनी बढ्दै क्रममा छ ।

    कम्पनीले औषधी बिक्री रणनीतिमा परिमार्जन गर्नुका साथै कोभिड महामारीको अन्त्य भएकाले उत्पादन तथा व्यापार दुबै बढेको जनाएको छ ।

    टाइमले उत्पादन गर्ने औषधीको अहिले बजारमा माग बढेको र बजार हिस्सा पनि विस्तार हुँदै गएको छ । कम्पनीको मुलुकभर २ सय भन्दा बढी औषधी वितरणहरु रहेका छन् । जसमध्ये १० वितरकको हिस्सा २४ प्रतिशत हिस्सा रहेको टाइमले जनाएको छ । टाइमले ६० करोड ३२ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।

    कम्पनीले एन्टिबायोटिक, एन्टिकोल्ड, सप्लिमेन्ट, एनाग्लास्टिक र एन्टिडाइबेटिक औषधीहरु उत्पादन गर्दै आएको छ । औषधी उत्पादन गर्न कम्पनीले आवश्यक विभिन्न कच्चा पदार्थ र प्याकेजिङ्ग सामाग्रीहरु विदेशबाट आयात गर्दै आएको छ ।

    नेपालमा धेरै औषधी उद्योग भएकाले आन्तरिक बजारमा औषधीमा प्रतिस्पर्धा देखिएको छ । टाइमले पनि आन्तरिक बजारमा प्रतिस्पर्धाको सामना गर्नुपरेको जनाएको छ । अहिले बजारमा ५० भन्दा बढी औषधी उद्योगहरु सञ्चालनमा छन् ।

    नेपालको निजी क्षेत्रको पुरानो औषधी उद्योगहरुमध्ये एक टाइम सन १९९४ मा स्थापना भएको हो । उद्योगले १९९७ देखि व्यवसायिक रुपमा औषधी उत्पादन थालेको हो ।

    टाइममा अल्फा क्यापिटलको १३, राजु कर्माचार्यको ९, झनकनाथ भट्टको ९ र नारायणबहादुर क्षेत्रीको ८ प्रतिशत हिस्सा रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend