logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • माण्डु हाइड्रोपावरले गर्यो १२ प्रतिशत नगद लाभांश घोषणा,असोज १४ मा साधारणसभा

    माण्डु हाइड्रोपावरले गर्यो १२ प्रतिशत नगद लाभांश घोषणा,असोज १४ मा साधारणसभा

    322
    Shares
    माण्डु हाइड्रोपावरले गर्यो १२ प्रतिशत नगद लाभांश घोषणा,असोज १४ मा साधारणसभा

    काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । माण्डुको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनी सञ्चालक समितिले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत अर्थात १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश दिन प्रस्ताव गरेको छ । माण्डुको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ छ । कम्पनीले २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

    सञ्चालक समितिले गरेको लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते साधारण सभा बोलाएको छ ।साधारण सभा प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउने भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend