सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य बढेसँगै स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको लागि एक तोला सुनको मूल्य १ लाख ५३ हजार ३०० रूपैयाँ निर्धारण भएको जनाएको छ । यसअघि भदौ १३ गते एक लाख ५३ हजार दुई सय रूपैयाँ कायम भएको थियो ।

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार ३०० रूपैयाँ बढेको हो । बिहीबार स्थानीय बजारमा सुन तोलामा १ लाख ५२ हजारमा किनबेच गरिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आजको लागि एक तोला चाँदीको मूल्य १ हजार ७९५ निर्धारण गरिएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ७ सय ६५ रूपैयाँ थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend