logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, सेयरधनीले पाउने भए कति ?

    एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, सेयरधनीले पाउने भए कति ?

    700
    Shares
    एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, सेयरधनीले पाउने भए कति ?

    काठमाडौं। यो वर्ष एभरेष्टले सबैभन्दा पहिला लाभांश घोषणा गर्ने बैंक भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ३७३ औं बैठकले सेयरधनीलाई नगद र बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।

    बैंकले आर्थिक वर्ष २०८०/८१ को संचित नाफाबाट सेयर धनीलाई नगद र बोनस सेयर गरी १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    बैंकले चुक्ता पुँजीको ५.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो।  बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढ्ने भएको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ। नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने भएका छन्।

    बैंकले आर्थिक वर्ष २०७९/८० मा १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। यस्तै आर्थिक वर्ष २०७८/७९ मा ७.६८ नगद र १३ प्रतिशत बोनस सेयर दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend