logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • आज २०८१ साल भदौ २२ गते शनिबारको राशिफल

    आज २०८१ साल भदौ २२ गते शनिबारको राशिफल

    1.1K
    Shares
    आज २०८१ साल भदौ २२ गते शनिबारको राशिफल

    मेष : योजना सफल बन्नेछन्। वैदेशिक क्षेत्रको योजनाबाट नाम र दाम मिल्ने योग छ। राज्यले गरेका विकृतिको चर्चा हुनेछ। संगठनको बलमा उत्तेजना बढ्ने भएकाले शान्त बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

    वृष : सोचेको काम नबन्दा मन उदास हुनेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट लाभ हुनेछ। स्वास्थ्यको क्षेत्रमा झुकाब रहने दिन छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    मिथुन : सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। कला र गलाको माध्यमबाट तपाईंको चर्चा हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले पुरानो रोग बल्झने छ। व्यवस्थापन गर्न नसक्दा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

    कर्कट : पुराना साथीसँग मित्रता बढ्नेछ। संगठनको बलमा काम गर्ने बानीले अप्ठेरो पर्ने योग छ। तपाईंले आफ्नो सोचेको मान्छे फरक कित्तामा पुग्ने जोखिम रहेको छ। परिवारबाट धोका हुने योग छ।

    सिंह : तपाईंको राशिमा सूर्य र बुध पुगेका छन्। यसले गर्दा राम्रो कामको सुरुवात गर्दा फाइदा हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। धन आर्जन गर्ने नयाँ योजना बन्नेछन्। परिवारमा हुने बौद्धिक टकराबले खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

    कन्या : आफ्नो व्यवसायबाट राम्रो आम्दानी जुट्नेछ। परिवारको सकारात्मक सहयोग मिल्नेछ। सामाजिक संस्थामा एकता हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अरुलाई भिडाउँदा तपाईंलाई फाइदा हुने योग छ।

    तुला : तपाईंका कार्ययोजना सफल बन्नेछन्। शिक्षामा सफलता मिल्नेछ। आफूलाई माया गर्ने बानीको विकास गर्नुपर्ने दिन छ। समय अनुसारको शारीरिक व्यायाम नहुँदा रोग बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध कसिलो बन्नेछ।

    वृश्चिक : धनलक्ष्मी योग परेको छ। पुरानो लगानी र गुम्न लागेको रकम प्राप्त हुनेछ। तपाईंले राज्यको सेवा गर्ने अवसर प्राप्त गर्नु हुनेछ। सानो काममा अलमल नगर्नु राम्रो फाइदाजनक हुनेछ। पारिवारिक व्यवस्थापनमा आफू सक्रिय हुनु राम्रो हुनेछ।

    धनु : समय राम्रो छ। तपाईंका गलत काम लुक्नेछन्। लगानीका स्रोत राम्रा छन्। शिक्षा र स्वास्थ्यमा भन्दा व्यवसायबाट राम्रो आम्दानी हुनेछ। सुख र दुःखमा परिवारको साथ मिल्नेछ।

    मकर : बढी खर्च गर्ने बानीले परिवारमा विवाद बढ्नेछ। आफूभन्दा ठुला व्यक्तिसँगको सुझावले राहत मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको श्रम र लगानीबाट फाइदा हुनेछ। अप्ठेरो अवस्थामा प्रेम सम्बन्धले मनमा खुशी मिल्नेछ।

    कुम्भ : आफ्नै कारणले शत्रु बढ्नेछन्। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। स्वास्थ्यमा रोगको प्रकोप बढ्नेछ। साथी र संगतले सहयोग गर्ने हुँदा नयाँ काम बन्नेछन्। परिवारले दुःखमा साथ र सहयोग गर्ने योग छ। बिहान शिव भजन सुनेमा मात्र दिन सहज बन्नेछ।

    मीन : अप्रिय समाचारले मन अशान्त बन्नेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। आफ्ना दैनिकी सहज भए पनि अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ। परिवारमा बौद्धिक टकराब हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend