मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

अरुलाई दोष दिएर हुँदैन, देश बनाउने हामीले होः प्रधानमन्त्री ओली

अरुलाई दोष दिएर हुँदैन, देश बनाउने हामीले होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशबाट युवाहरु बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरुको भएको बताए ।

उनले अरुलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरुको भएको बताए । प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्नसके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउनेमा लाग्न आग्रह गरे ।

उनले देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभुति दिलाउने गरी काम गरिरहेको बताए । देशलाई सबल बनाउने गतिशिलताका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले जनतालाई पुर्याउने सेवामा कुनैपनि कारणले कमी हुन नदिन निर्देशन दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend