logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रचण्डलाई प्रधानमन्त्री ओलीको आग्रह : हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्नुस्

    प्रचण्डलाई प्रधानमन्त्री ओलीको आग्रह : हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्नुस्

    1.6K
    Shares
    प्रचण्डलाई प्रधानमन्त्री ओलीको आग्रह : हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्नुस्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे ।

    उनले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताए । उनले माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गरे ।

    उनले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जन आन्दोलन फेल नहुने बताए । उनले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने बताए ।

    झापा आन्दोलनताका आफूले लिएका नीतिहरु पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्ति प्रक्रियामा आएको बताए ।

    प्रधानमन्त्री ओलीले हिंसाको बाटोतिर पुनः जानु नहुने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend