logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • वायु प्रदुषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना

    वायु प्रदुषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना

    266
    Shares
    वायु प्रदुषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले वायु प्रदुषणसम्बन्धी नीति बनाइने बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदुषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् । उनले जलवायु परिवर्तन र वायु प्रदुषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् । उनले शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘शिक्षामा पनि हाम्रो इन्क्लुसिभ फ्रेमवर्क हुनुपर्छ । डिसेब्लिटिजलाई काउन्सिलिङ गर्नेदेखि लिएर उनीहरुलाई कस्तो किसिमको इन्भायरोमेण्ट चाहिन्छ ? त्यो उनीहरुको लागि पनि सोच्नुपर्छ । इँटाभट्टामा काम गर्ने मजदुरहरुको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ । स्मोकबाट जुन इँटाहरु बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ ।

    विश्वकै आँकडा हेर्ने हो भने धुँवा पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ । म अहिले लुज फोरममा एयरपोलुसनमा पोलिसी बनाउने भनेर लागिरहेको छु । टाइनी भेन्टिलेशनले गर्दा धेरै बच्चाहरुको मृत्यु भइरहेको छ । ज्येष्ठ नागरिकहरु, महिलाहरुलाई विभिन्न रोग लागेर मृत्यु भइरहेको छ ।

    त्यो कुरालाई पनि ध्यान दिएर एयरपोलुसन, क्लाइमेट चेन्जलाई पनि हामीले आवाज बुलन्द रुपमा उठाउनु पर्नेछ । मैले पोलिसीको लागि पनि ड्राफ्ट गरिरहेको छु ।’

    उपभासमुख रानाले महिला, बालबालिकाहरुका लागि सरकारले छुट्याएको बजेट कम रहेको भन्दै आपत्ति जनाइन् । उनले कानून बनाएर मात्रै नहुने भन्दै बनाएका कानूनहरुको कार्यान्वयन गर्न जोड दिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend