logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी : अर्थतन्त्र चलायमान हुने व्यवसायी र उपभोक्ताको विश्वास

    नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी : अर्थतन्त्र चलायमान हुने व्यवसायी र उपभोक्ताको विश्वास

    1.2K
    Shares
    नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी : अर्थतन्त्र चलायमान हुने व्यवसायी र उपभोक्ताको विश्वास

    काठमाडौं । एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकन कर्ताहरुले बताएका छन् ।

    काठमाडौंको भृकुटीमण्डपमा भदौ २१ गतेबाट शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकनका लागि पुगेका उनीहरुले यस्तो बताएका हुन् ।

    उनीहरुले होलसेलर र ठूला कम्पनीहरुका लागि मेला अझ बढी उपयुक्त हुने बताए । यस्ता मेलाले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र प्रविधिको जानकारी मिल्ने उनीहरु बताउँछन् ।

    मेलामा नयाँनयाँ सामग्रीहरु पाएको बताए । यस्ता मेला भइरहे जानकारी लिनका लागि सहयोग पुग्ने बताए । मेलामा विज्ञा प्रविधिको नयाँनयाँ सामग्रीहरु पाएको बताए । अवलोकनका लागि पुगेका हरिकृष्ण तिवारी, चन्द्रमणि श्रेष्ठ, गौरीशंकर यादवले विभिन्न विद्युतीय सामग्रीहरुको र प्रविधिको बारेमा बुझ्नका लागि सही भएको बताए । उनीहरुले नयाँ प्रविधिका सामग्रीहरु सस्तो मूल्यमा पाइने बताए ।

    यता, मेलामा स्टल राखेर बसेका व्यवसायीहरु भने नयाँ प्रविधिका बारेमा बुझ्नका लागि मेला उपयुक्त हुने बताउँछन् । एकै छानामुनि विभिन्न १५० भन्दा बढी कम्पनीहरुका सामानहरुको बारेमा जानकारी लिनु पनि उपभोक्ताहरुका लागि राम्रो हुने बताए ।

    प्रिमियर वायर्सका केबल डिपार्टमेण्टसका सेल्स म्यानेजर कृष्ण लामिछानेले व्यापार प्रवद्र्धनका लागि जानकारी दिनका लागि मेला आयोजना गरेको बताए । उनले आवश्यक उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको बताए । यता प्रिमियर स्टिलका ब्राण्ड म्यानेजर सजल राउतले उपभोक्ता र व्यवसायी बीचको ग्यापलाई मेलाले पूरा गर्ने लक्ष्यसहित स्टल राखेर मेलामा सहभागिता जनाएको बताए ।

    व्यवसायी प्रितम सुवेदीले नेपालमा उत्पादित विद्युतीय सामग्रीहरुको बारेमा र अन्य देशबाट ल्याइएका नयाँनयाँ सामग्रीहरुको बारेमा जानकारी गराउन मेलामा सहभागिता जनाएको बताए ।

    शुक्रबारदेखि तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी जारी छ । शुक्रबार (भदौ २१ गते) देखि शुरु भएको प्रदर्शनी आईतबारसम्म चल्नेछ । मेलामा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको व्यवसायीहरु बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend