logo

२०८१ भाद्र ३१ सोमबार

logo
  • सोमबार, ३१ भाद्र २०८१
  • Advertisment

    Sunaulo Nepal

    रक्षामन्त्री राईले भने : कार्य व्यवस्थाले फोन उठाउन भ्याउँदिन, नरिसाउनु होला

    रक्षामन्त्री राईले भने : कार्य व्यवस्थाले फोन उठाउन भ्याउँदिन, नरिसाउनु होला

    847
    Shares
    रक्षामन्त्री राईले भने : कार्य व्यवस्थाले फोन उठाउन भ्याउँदिन, नरिसाउनु होला

    काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गरेका छन् । शनिबार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

    कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई पटक पटक आग्रह गरे । उनले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भएपनि आफूलाई जानकारी गराउन पनि उनले अनुरोध गरे ।

    मन्त्री राईले कहिले काँही त राति अवेरसम्म मन्त्रीपरिषद बैठक नै बस्नुपर्ने भएकाले आफूले सबै फोन उठाउने सम्भावना नरहेको पनि जानकारी दिए ।

    मन्त्री राईले भने, ‘मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त । त्यो भएर कहिले काँही राति साँढे नौं बजेसम्म मन्त्रीपरिषद बैठकमा नै हुन्छु । यो सत्य कुरा हो । पत्रकार साथीहरुलाई यो कुरा थाहा हुन्छ । हामी साँढे नौ बजेतिर प्रधानमन्त्री कार्यालयबाट निस्केको कुरा पत्रकार साथीहरुलाई थाहा हुन्छ ।

    अनि मलाई नभेटी नहुने नभनी नहुने केही छ भने मेरो सचिवालयमार्फत तपाईहरुको कुरा आओस । बिहान बेलुका म फुर्सद हुँदा फोन उठाउँछु । उठेन भने विजी रहेछ । उठाई दिएन भनेर अन्यथा नठानि दिनुहोस् ।

    मलाई डर यति छ । सबै भन्दा सजिलो नेता सांसद बनाएको । सबै भन्दा सजिलो मान्छे मन्त्री बनाएको । सबभन्दा अफ्ठ्यारो भयो । फोन पनि नउठाउने, भेट्न पनि नपाईने भयो भनेर नराम्रो सन्देश गाउँगाउँ जाला भन्ने मलाई ठूलो त्राही छ हजुर । तपाईहरुले सहयोग गरिदिनु पर्यो ।

    मन्त्री राईले किरात संस्कृति नेपालको अनुकरणीय संस्कृति भएकाले त्यसको संरक्षणमा लाग्नुपर्नेमा पनि जोड दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend