logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म नागरिक उड्डयन क्षेत्र सुधार हुन सक्दैन : मन्त्री पाण्डे

    नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म नागरिक उड्डयन क्षेत्र सुधार हुन सक्दैन : मन्त्री पाण्डे

    371
    Shares
    नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म नागरिक उड्डयन क्षेत्र सुधार हुन सक्दैन : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।

    भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए । उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको शुरुवात कहाँबाट गर्नुपर्छ भन्नेकुरा बुझिसकेको बताए । सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताए ।

    उनले भाषाहरुको संरक्षण, संवद्र्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताए । उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताए ।

    उनले भने, ‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ । नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन तबसम्म अरु सुधार्न सक्दैन । अहिले एनएसी भन्छौँ । अब मैले त्यसलाई आरएनएसी नै भन्ने विचार गरेको छ ।

    आरएनएसी भनेको पुरानो रोयल होइन की, रिफर्म नेपाल नेपाल एयरलाइन्स हो । रिफर्म गरेपछि मात्रै यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ । नेपाल एयरलाइन्स रिफर्म भयो भने त्यसले नै बुद्ध एयरलाइन्सलाई नियमन गर्छ । टिकट बढी मूल्य लिन सक्दैन । त्यसले नै कतार एयरलाइन्सलाई नियमन गर्छ । उसले पनि टिकटको पैसा बढी लिन सक्दैन । यो दिशामा अब हाम्रो संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा, रिफर्मको दिशामा जानका लागि हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ ।’

    भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मुल जरो उत्पादन भएको बताए । उनले संस्कृति पनि भाषामै अड्किएको बताए । भाषा नरहे संस्कृति नरहने बताए । उनले भाषा बिना संस्कृतिको मौलिकता हराउने पनि बताए ।

    उनले भने, ‘भाषाको मुल जरो हो उत्पादन पद्धति । संस्कृति पनि त्यसैमा अडिएको हुन्छ । त्यही संस्कृतिको एउटा भाग भाषा पनि हो । हामी हाम्रो उत्पादन पद्धति यदी समाप्त पार्छौं भने हाम्रो संस्कृति पनि रहँदैन । हाम्रो संस्कृतिको मौलिकता पनि हराउँछ । हाम्रो भाषा पनि हराउँछ ।’

    अध्यक्ष ठाकुरले भाषा सर्वेक्षण गहिराइमा पुगेर गर्नुपर्ने बताए । भाषा आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend