काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।