काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ ।
५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई भाद्र १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती विक्रीकक्षबाट नोमोसको विक्री तथा विक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो ।
सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाईनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाईनका रुपमा संसारभर ख्याति पाउन सफल भएका छन् ।
प्रिसाईज्ड टाईम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सार्बधिक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड हो । स्विजरल्याण्ड भन्दा बाहिर रहेर वाच मेकिङ्मा ठूलो सफलता हाँसिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरनै सम्मानपूर्वक हेरिने गरिन्छ ।
“नेपाली वाच कलेक्टरहरुले लामो समयदेखी प्रतिक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाँउदा हामी निक्कै हर्षित भएका छौं । “नेपाली बजारमा नोमसलाई आधिकारीक रुपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवाला भन्छन्, “यो आधुनिक पुस्ताले मन पराउने ब्राण्ड र डिजाईन हो ।
नोमसले आफ्नो ऐतिहाँसिक महत्व कायम गर्दै डिजाईनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् । “यहाँ स्मरणीय छ, अध्यक्ष शम्भुले शुरु गरेको स्विस टाईमपिसेस् नेपालले आज कार्यकारी निर्देशकको रुपमा तेश्रो पुस्तामा पुस्तान्तरण भईसकेको छ । तिन पुस्ताले सम्हालेको स्विस टाईमपिसेस् नेपालले विश्वभरका एक दर्जन प्रिमियम लक्जरी वाच ब्राण्डलाई नेपाली बजारमा आयात तथा विक्री वितरण गर्दै आएको छ ।
दरर्वारमार्गमा रहेको स्विस टाईमपिसेस् नेपालको मल्टिब्राण्ड सोरुम बाट ग्राण्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाईन, फेड्रिक कन्स्ट्यान्ट जस्ता प्रिमियम लक्जरी वाच ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।
नेपाली बजारमा ५२ बर्ष देखी अनवरत रुपमा विभिन्न ब्राण्डका लक्जरी वाचहरुको विक्री वितरण गर्ने स्विस टाईमपिसेस् नेपालले आफ्ना ग्राहकलाई दिंदै आएको अतुलनिय विक्री पश्चातको सेवा प्रदान गर्दै आएको छ ।
लक्जरी वाचको खरिद विक्री, लक्जरी वाचका सन्दर्भमा परामर्श तथा कलेक्टरहरु विच रहेका जिज्ञासाहरुको समाधानमा देखाएको तत्परताले स्विस टाईमपिसेस् नेपाल आज नेपाली वाच बजारमा विश्वासनिय नाउँ बन्न सफल भएको हो ।