logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • शेयर बजार दोहोरो अंकले घट्यो, १० अर्ब १२ करोडमाथिको कारोबार

    शेयर बजार दोहोरो अंकले घट्यो, १० अर्ब १२ करोडमाथिको कारोबार

    511
    Shares
    शेयर बजार दोहोरो अंकले घट्यो, १० अर्ब १२ करोडमाथिको कारोबार

    काठमाडौँ । आज कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २५.४६ प्रतिशतले घटेर २७०० को बिन्दुमा कायम भएको छ ।

    आज कारोबार भएका कम्पनीहरुमध्ये १६० वटाको शेयरमूल्य घटेको छ भने ८२ वटाको मात्र शेयरमूल्य बढेको छ । आइतबार कारोबार भएकामध्ये चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    आइतबार महुली लघुवित्त, श्रीजनशील लघुवित्त, मिड सोलु हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

    आज ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १२ करोडमाथिको शेयर कारोबार भएको छ ।

    सिएचडीसी कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको ३५ करोड ८१ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रोको ३५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज थ्रि स्टार हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

    आइतबार १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको १.५८ प्रतिशत, विकास बैंक समूहको २.०७ प्रतिशत, फाइनान्स समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४१ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend