logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न शिक्षा, स्वास्थ्य र रोजगारी दिऔँ : खेलकुदमन्त्री चौधरी

    खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न शिक्षा, स्वास्थ्य र रोजगारी दिऔँ : खेलकुदमन्त्री चौधरी

    413
    Shares
    खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न शिक्षा, स्वास्थ्य र रोजगारी दिऔँ : खेलकुदमन्त्री चौधरी

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताएका छन् । आईतबार नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै यस्तो बताएका हुन् ।

    उनले नेपालमा खेलकुदको सम्भावना बढी रहेको भएपनि खेलाडीहरु विदेश पलायन भइरहेको अवस्था रहेको बताए । उनले १३ औं सागमा सहभागी २०७ जना खेलाडीमध्ये सय बढी खेलाडीहरु विदेश पलायन रहेको जानकारी आफूले पाएको पनि बताए । उनले खेलाडीलाई देशमा सुविधा दिनसके देशमै रहने वातावरण बन्ने बताए । सबैले खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गरे ।

    उनले भने, ‘नेपालमा खेलकुदको सम्भावना बढी छ । धेरै खेलाडी विदेश पलायन भइसकेका छन् । हिजो अस्तिमात्रै पत्रिकामा १३ औं सागमा २०७ जनामा १ सय खेलाडी विदेश पलायन भइसकेको बताएका छन् । धेरै खेलाडीहरु विदेश पलायन भएकाले तीन कुरामा मात्रै खेलाडीलाई यो देशमा सुविधा दिनसक्यो भने पक्कै पनि खेलाडीहरु देशमै रहने वातावरण बन्छ । खेलाडीहरुको छोराछोरीको शिक्षादिक्षा राम्रो हुन सक्नुपर्छ ।

    त्यो व्यवस्था हामीले गर्नुपर्छ । उहाँहरुलाई रोजगारी दिनुपर्छ । आर्मी, पुलिस र सशस्त्र बाहेकले रोजगारी दिन सकेको छैन । रोजगारी सिर्जना गरिदिनुहुन आग्रह गर्दछु । अर्को कुरा स्वास्थ्य हो । त्यो हुनसके हाम्रो देशमै खेलाडीहरु रहनेछन् र शिर उँचो राख्नेछन् । खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गर्दछु ।’

    मन्त्री चौधरीले सरकारले अहिले महत्वका साथ खेलकुद क्षेत्रलाई हेरिरहेको बताए । नेपाली कांग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र कास्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई पाँच लाख नगलसहित सम्मान प्रदान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend