
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । किर्ते मुद्दामा दोषी ठहर भएर कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)लाई निलम्बन हुने भएका छन् ।
जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयले औपचारिक पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनी निलम्बित हुनेछन् ।
केसी रुकुम पूर्व क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जानकारी दिए ।
३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend