काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले स्विट्जरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा स्पेनले स्विट्जरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए । स्पेनका खेलाडी रोबिन ले नोरम्यान्डले खेल सुरु भएको २०औं मिनेटमा रातो कार्ड पाउँदा १० खेलाडीमा सीमित भएको थियो ।
त्यसैगरी स्विट्जरल्याण्डका लागि जेकी आमडोनीले एक गोल गरेका थिए ।