logo

२०८१ असोज १ मंगलबार

logo
  • मंगलबार, १ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

    खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

    378
    Shares

    रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

    साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

    घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend