काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी असोज २३ गते साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले सातौं वार्षिक साधारणसभा बोलाएको हो।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चित नाफाबाट १० प्रतिशत बोनस सेयर र बोनस सेयर वितरणपछि कायम हुने पुँजीको ७ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने भएको छ।
बोनस सेयर र हकप्रद सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ। साधारण सभा प्रयोजनार्थ असोज १६ गते बुक क्लोज मिति तोकिएको छ।