logo

२०८१ असोज १ मंगलबार

logo
  • मंगलबार, १ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    कांग्रेस उपसभापति गुरुङ १५ करोड सहकारी ठगीमा !, रास्वपा सांसद पराजुलीको प्रश्न : छानविन गर्ने कि नगर्ने ?

    कांग्रेस उपसभापति गुरुङ १५ करोड सहकारी ठगीमा !, रास्वपा सांसद पराजुलीको प्रश्न : छानविन गर्ने कि नगर्ने ?

    1.6K
    Shares
    कांग्रेस उपसभापति गुरुङ १५ करोड सहकारी ठगीमा !, रास्वपा सांसद पराजुलीको प्रश्न : छानविन गर्ने कि नगर्ने ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरेका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिव १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली काँग्रेसका सांसद धनराज गुरुङ र उनीका श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए।

    उनले सहकारीका अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरी समेत दिएको भन्दै छानविन गर्ने कि नगर्ने भनि काँग्रेस सांसदहरुमाथि प्रश्न गरे । उनले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे । सहकारी ठगी लुकाउन गुरुङले श्रीमति ज्योतिसँग नक्कली सम्बन्ध बिच्छेद गरेको उनले दाबी गरेका छन् ।

    उनले भने, ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के-के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ ।’

    त्यसैगरी एपिवान टेलिभिजनमा पनि जिबि राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन सो पनि छानविन गर्ने नगर्ने भनेर उनले अर्को प्रश्न गरेका छन् । उनले सरकार बनाउन भुमिका खेल्ने एपिवान टिभिका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ ? भनि गृहमन्त्रीलाई प्रश्न गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend