logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    किर्ते मुद्धामा पक्राउ परेका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी छुटे

    किर्ते मुद्धामा पक्राउ परेका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी छुटे

    2.1K
    Shares
    किर्ते मुद्धामा पक्राउ परेका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी छुटे

    काठमाडौं । किर्ते मुद्दामा पक्राउ परेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार नबसी सोमबार रिहाइ भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ उनलाई अदालतले जेल चलानको आदेश गरेको थियो ।

    फौजदारी अपराधसंहिता २०७४ मा भएको व्यवस्थाअनुसार उनी रकम जम्मा गरेर छुटेका छन् । फौजदारी अपराधसंहितामा एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरे जेल सजाय भोग्नु नपर्ने प्रावधान छ । सो व्यवस्थाअनुसार केसी १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएका हुन् । अदालतबाट दोषी ठहर भएका केसीलाई आइतबार नै कारागार चलान गर्न भनिएको थियो ।

    रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए । कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित भएका थिए । जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालले न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको बताए ।

    केसीले श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । एक वर्ष जेल सजाय र २ हजार जरिवाना तोकिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएका थिए ।

    यो पनि :

    लुम्बिनीका प्रदेश सांसद केसी जेल चलान, पदबाट निलम्बन हुने


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend