logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • गम्भीर आर्थिक संकटले बन्द हुने अवस्थामा भारतको स्पाइस जेट, ३६ जहाज भए ग्राउन्डेड

    गम्भीर आर्थिक संकटले बन्द हुने अवस्थामा भारतको स्पाइस जेट, ३६ जहाज भए ग्राउन्डेड

    2.5K
    Shares
    गम्भीर आर्थिक संकटले बन्द हुने अवस्थामा भारतको स्पाइस जेट, ३६ जहाज भए ग्राउन्डेड

    एजेन्सी । भारत सरकारले आफ्नो स्वामित्वमा रहेको एयर इन्डिया अधिक घाटामा गएर चलाउन नसकेपछि टाटा ग्रुपलाई बिक्री गर्यो । टाटाले जहाज थप्दै बजार हिस्सा पनि बढाउँदै लगेको छ ।

    यस्तै निजी लगानीमा रहेका किङफिसर एयर व्यवस्थापकीय कमजोरीले बन्द भयो । कम्पनीका अध्यक्ष विजय माल्या भागेर अहिले बेलायतमा छन् । जेट एयरवेज र गो फस्र्ट एयर बन्द भइसकेका छन् । जेट एयरवेजका अध्यक्ष पीयुष गोयल ५ अर्ब भारु कालोधन राखेको अभियोगमा सम्पत्ति शुद्धिकरणको मुद्धा खेपिरहेका छन् ।

    इन्डिगो एयरको वित्तीय स्वास्थ्य राम्रो भएकाले सञ्चालनमा छ । यस्तै तीन वर्षअघि सञ्चालनमा आएको अकासा एयरले भारतलगायत अन्य मुलुकमा उडान थप्दै छ । अकासा एयरले नेपालमा उडानको तयारी गरेको छ ।

    यही अवस्थामा निजी क्षेत्रको अर्को विमान कम्पनी स्पाइस जेट एयलाइन्स गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटका कारण अहिले स्पाइस जेट समस्याग्रस्त भएको छ । आर्थिक रुपमा समस्या आएपछि स्पाइससँग जेट इन्जिन र स्पेयर पार्टस नहुँदा ३६ वटा विमान ग्राउन्डेड भएका छन् । अहिले २० भन्दा कम जहाज मात्र सञ्चालनमा रहेका छन् । विमान ग्रान्डेड हुन थालेपछि स्पाइस जेटको बजार हिस्सा ४ प्रतिशतभन्दा तल झरेको छ ।

    नगद बन्दीमा परेको एयरलाइन्स स्पाइस जेट अहिले बाँच्न संघर्ष गरिरहेको छ । कोरोना महामारी फैलनुअघि स्पाइस जेटको आक्रामक रूपमा बजार विस्तार भइरहेको थियो । जेट एयरवेजले स्पाइस जेटलाई धेरै ठाउँहरू बढ्नको लागि प्रस्ताव गरेको थियो । सिवाइ–२० मा यात्रु ट्राफिक पूर्ण रूपमा रोक र सिवाइ–२२ सम्म यात्रामा कडा प्रतिबन्धले स्पाइस जेटको आम्दानीमा ठूलो असर गर्यो ।

    जसको परिणामस्वरूप लिज भुक्तानी गर्न असक्षमताका कारण विमानको ग्राउन्डेड हुन पुगेका छन् । उड्डयन इन्धनको मूल्य आकाश छोएकोले यस मामिलालाई स्पाइस जेटलाई झनै खराब बनायो । कोरोना महामारी अघि सन् २०१९ मा बोइङ ७३७ म्याक्स विमानको विश्वव्यापी ग्राउन्डिङले पनि स्पाइस जेटमा समस्या ल्याउन योगदान पुर्याएको थियो ।

    जब इण्डिगो जो बलियो आर्थिक स्वास्थ्यमा छ । कोभिड अवरोधबाट पुनः प्राप्ति गर्न सक्षम भयो । तर, स्पाइस जेट त्यसबेलादेखि नै संघर्ष गरिरहेको छ ।

    स्पाइस जेटलाई अपरेशनहरू बचाउन नगदको सख्त आवश्यकता भएको छ । जहाज चलाउन थप लगानी जुटाउन भएका धेरै प्रयासहरू अहिलेसम्म व्यर्थ भएका छन् । यसले विमान भाडामा लिनेसहित बिक्रेताहरूलाई भुक्तानी गर्न सकेको छैन ।

    जसमध्ये केहीले एयरलाइन्सलाई टाट घोषित गर्न अदालतमा याचिका दायर गरेका छन् । स्पाइस जेट एक भारतीय कम लागतको बजेट एयरलाइन्स हो । जसको मुख्यालय गुडगाउँ हरियाणामा छ ।

    यो ४ प्रतिशत बजार हिस्साका साथ आन्तरिक यात्रु बोक्ने संख्याको आधारमा भारतको छैटौं ठूलो एयरलाइन्स हो । राजधानी दिल्ली र हैदरावादका आधारहरूबाट ६० भारतीय र १३ अन्तर्राष्ट्रियसहित ७३ गन्तव्यहरूमा जोडेको छ । सन् २००५ मे २३ बाट स्पाइस जेट सञ्चालनमा आएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend