logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • लोभलालच त्यागौं, केही हुँदैन होइन, हुन्छ- अध्यक्ष बस्नेत

    लोभलालच त्यागौं, केही हुँदैन होइन, हुन्छ- अध्यक्ष बस्नेत

    497
    Shares
    लोभलालच त्यागौं, केही हुँदैन होइन, हुन्छ- अध्यक्ष बस्नेत

    काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लोभलालच नराखी काम गरे सबै क्षेत्रमा सफलता मिल्ने भएकाले केही हुँदैन भन्ने भाष्य त्याग्न सबैलाई आग्रह गर्नुभएको छ ।
    अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिए प्रभावकारी परिणाम आउने दृष्टान्त समेत राख्नुभएको छ ।
    कामप्रति पूर्ण प्रतिवद्ध भइ गरेका ३ वटा आयोजना सफल भएको उदाहरण सामाजिक सञ्जालमार्फत सोमबार राख्दै उहाँले भन्नुभएको छ- ‘लोभलालच नगरी, डेडिकेटेड भई काम गर्दा प्रभावकारी र सफल हुन्छ भन्ने यी ३ आयोजनाले देखाउँछ- सुनकोशी मरिण डाइभर्सन, नागढुङ्गा सुरूँगमार्ग र मध्य पहाडी लोकमार्ग ।’
    गरे के हुँदैन भन्दै अध्यक्ष बस्नेतले त्यसका लागि जनमानसमा उठेको गलत भाष्य त्याग्न सुझाव पनि राख्नुभयो । यी ३ आयोजना मात्र नभै अन्य पनि उदाहरण रहेको र ती आयोजनाले देशको विकासमा विशेष स्थान राख्ने उहाँले उल्लेख गर्नुभयो ।
    ‘त्यसैले यहाँ केही हुदैन भन्ने गलत भाष्य छाड्दै जाउँ । नकरात्मक होइन, रचनात्मक बनौं । इमान्दार, लगनशील र कर्मठ बनेर काम गरे केही नहुने होइन, पक्कै हुन्छ,’ अध्यक्ष बस्नेतको सुझाव छ ।
    मिडियाको गलत प्रस्तुतिका कारण सिंगो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रुपमा बहस चलाएको छ । काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशब्यापी बनाउने निर्णय भएको थियो ।
    युट्युवसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो ।
    प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्पे्रषण गर्ने युट्युवसहितका मिडियालाई कडा कानुनी कारवाही गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend