logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • काठमाडौँ स्पाइकर्सले सार्वजनिक गर्‍यो टिमको आकर्षक लोगो

    काठमाडौँ स्पाइकर्सले सार्वजनिक गर्‍यो टिमको आकर्षक लोगो

    322
    Shares
    काठमाडौँ स्पाइकर्सले सार्वजनिक गर्‍यो टिमको आकर्षक लोगो

    काठमाडौँ । नेपाली भलिबलको नयाँ शक्ति काठमाडौँ स्पाइकर्स टिमले आकर्षक लोगो सार्वजनिक गरेको छ ।

    टिमले काठमाडौँ शहरको समृद्धि, संस्कृति र आफ्नो सफलताको बलियो चाहना समेट्ने चिन्हको रूपमा टिमको लोगो सार्वजनिक गरेको जानकारी दिएको छ ।

    एभरेष्ट वुमेन्स भलिबल लिगको एक फ्रन्चाइजीको रूपमा काठमाडौं स्पाइकर्सले देशका महिला खेलाडीहरूलाई प्रेरणादिने र उनीहरूलाई बलियो बनाउने लक्ष्यसहित नेपालको राष्ट्रिय खेल भलिबलको इतिहासमा एउटा नयाँ अध्यायको सुरुवात गर्दैछ ।

    सार्वजनिक गरिएको नयाँ लोगोमा काठमाडौं सहरको संस्कृतिलाई बुझाउने गोल्डेन, सिल्भर र कालो रंगको आकर्षक संयोजन गरिएको छ । लोगोको केन्द्रमा रहेको मन्दिरले शहरको अध्यात्मिक मूल र यसको गहिरो सांस्कृतिक विशेषताहरूलाई प्रतिनिधित्व गर्छ ।

    ‘काठमाडौं स्पाइकर्स यहाँ आफ्नो प्रभाव छोड्न आएको हो । टिमको लोगो सार्वजनिक भएसँगै नेपाली युवा महिलाहरूलाई प्रेरणा दिने यात्रामा हामीले आज आफ्नो पहिलो पाइला चालेका छौं ।’ लोगो सार्वजनिक गर्दै स्पाइकर्सकि सीओओ सुदिक्षा अधिकारीले भनिन्- ‘भलिबल राष्ट्रिय खेल मात्र नभई हाम्रो एकता र बलको चिन्ह पनि हो । काठमाडौँको प्रतिनिधित्व गर्दै एभरेष्ट वुमेन्स भलिबल लिगमा आफ्नो छाप छोड्न हामी तयार छौं।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend