काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आजदेखि अनशन बस्दै छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनशन बस्न लागेका हुन् ।
उनले गत आइतबार संसदबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए । जसको समयसिमा आज दिउँसो ४ बजे समाप्त हुने भएकाले पूर्व घोषणाअनुसार उनी अनशन बस्न लागेका हुन् ।
उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने तयारी गरेका छन्। आफ्नो माग पूरा नभएसम्म अनशनबाट पछि नहट्ने उनको भनाइ छ ।