आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

एनएलजी इन्स्योरेन्सले घटायो हकप्रद सेयर, कति प्रतिशत ल्याउँदै छ ?

एनएलजी इन्स्योरेन्सले घटायो हकप्रद सेयर, कति प्रतिशत ल्याउँदै छ ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसअघि घोषणा गरेको ६६ प्रतिशत हकप्रदलाई परिमार्जन गर्दै कम्पनीले ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेको हो ।

कम्पनीको सोमबार बसेको ४ सय ४९ औं सञ्चालक समिति बैठकले हकप्रद सेयर निष्कासन घटाएको हो । कम्पनीले गरेको नाफाबाट साढे ५ प्रतिशत बोनस सेयर जारी गरेपछि चुक्त पुँजी बढेर १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले हाल कायम पुँजीमा ६२.५६ प्रतिशत हकप्रद जारी गर्दा न्यूनतम चुक्ता पुँजी नेपाल बिमा प्राधिकरणले तोकेअनुसार २ अर्ब ५० करोड २५ लाख रुपैयाँ पुग्ने भएपछि हकप्रद सेयरको संख्या घटाएको हो ।

संशोधित हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि नियामक बिमा प्राधिकरणमा प्रस्ताव पेश गर्न लागेको कम्पनीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend