logo

२०८१ असोज २ बुधबार

logo
  • बुधबार, २ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    प्रभु बैंकका ग्राहक र कर्मचारीलाई ब्लु क्रस हस्पिटलमा छुट

    प्रभु बैंकका ग्राहक र कर्मचारीलाई ब्लु क्रस हस्पिटलमा छुट

    637
    Shares
    प्रभु बैंकका ग्राहक र कर्मचारीलाई ब्लु क्रस हस्पिटलमा छुट

    काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँ त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    एक समारोहकाबीच ब्लु क्रस हस्पिटल प्रालिका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंक लिका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ प्रतिशतदेखी १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न सक्नेछन् ।

    ब्लु क्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि ब्लु क्रस हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend