logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अमेरिकाको टेक्सासमा कन्सुलर अफिस खोल्न प्रमुख सचेतक शाहीको आग्रह

    अमेरिकाको टेक्सासमा कन्सुलर अफिस खोल्न प्रमुख सचेतक शाहीको आग्रह

    420
    Shares
    अमेरिकाको टेक्सासमा कन्सुलर अफिस खोल्न प्रमुख सचेतक शाहीको आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिस खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको क्रममा अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिसको स्थापना गरेर आउन आग्रह गरेका हुन् ।

    उनले सो शहरमा नेपालीहरुको धेरै बसोबास भएपनि कन्सुलर अफिस नहुँदा समस्या परिरहेको बताए । उनले अमेरिकास्थित नेपाली राजदुतावासको कार्यालय सानो तर राजदुतको आवासिय भवन ठूलो भएको भन्दै यि भवनहरुपनि साटफेर गर्न आग्रह गरे ।

    उनले भने – ‘६६ वर्ष अगाडीको राजदुतावासको जमिन र आजको जमिन नेपाली राजदुतावासमा होइन कि कसैको क्यान्टिनमा गएजस्तो बिल्डिङ बनाएका छन् । राजदुत बस्ने घर ठुलै छ । राजदुतावास सानै छ । म यो संसदमार्फत् प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई के अपील गर्न चाहान्छु भने राजदुत बस्ने घर चाहीँ राजदुतावास बनाइदिनुस् ।

    राजदुतावास भएको घर चाहीँ राजदुत बसाइदिनुस् । यो गर्यो भने नेपालीको मान, सम्मान, इज्जत बढ्छ । टेक्सासमा कन्सुलर अफिस खोल्न पनि आग्रह ।’

    उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्नेमा जोड पनि दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend