logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस

    प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस

    532
    Shares
    प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

    राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्का आर्थिक वर्ष का २०७९/८० र २०८०/८१ का वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय,क्षेत्रीय,अन्तर्राष्ट्रिय सुरक्षास्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी दिए ।

    उएले प्रतिवेदनमाथि सङ्घीय संसद्बाट प्राप्त हुने सुुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उपस्थित थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend