logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले दिए राजीनामा

    लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले दिए राजीनामा

    329
    Shares
    लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले दिए राजीनामा

    काठमाडौं। लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेपछि कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

    मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बांके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघर मण्डल–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन गरेका थिए । मन्त्री कुर्मी साउन ९ गते मन्त्री नियुक्त भएका थिए । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निकट मानिने कुर्मीलाई संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सिफारिस गरेका थिए ।

    जसले गर्दा उनीमाथि राजीनामाको दवाव बढेको थियो । धेरैतिरबाट दवाव र आलोचना बढेपछि मुख्यमन्त्री आचार्यले राजीनामा दिन उपयुक्त हुने सन्देश मन्त्री कुर्मीलाई दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend