logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • महामन्त्री थापाले भने : सहकारी ठगी प्रकरणमा उपसभापति गुरुङमाथि छानविन हुन्छ

    महामन्त्री थापाले भने : सहकारी ठगी प्रकरणमा उपसभापति गुरुङमाथि छानविन हुन्छ

    2K
    Shares
    महामन्त्री थापाले भने : सहकारी ठगी प्रकरणमा उपसभापति गुरुङमाथि छानविन हुन्छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै निष्पक्ष छानविन हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनै पनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए ।

    उनले शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने बताए । उनले संसदमा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानविन गर्न आग्रह गरेको भन्दै संसदीय समिति बनाएर छानिवन गर्न झनै सहज भएको बताए । उनले नाम जोडिएपछि छानविनको दायरामा आउने बताए ।

    उनले भने, ‘नेपाली कांग्रेस पार्टीका विधान, परम्परा, हाम्रा निर्णयहरुले त्यो कुरा स्पष्ट पारेको छ र त्यही स्पष्ट पारेको कुरालाई पटक पटक हामीले दोहो¥याएका छौँ भने कुनैपनि प्रकरणमा, विषयमा, काममा यदी कसैले कानून मिच्दछ, कानून उल्लंघन गर्छ, दण्डनीय काम गर्दछ भने दोषी छ भने दोषीले उन्मुक्ति पाउनु हुँदैन । चाहे त्यो शक्तिशाली, सत्तासिन, नाता पर्ने होस्, चाहे जोसुकै होस् ।

    निर्दोषले दण्ड पाउनु हुँदैन । यो पार्टीको हाम्रो बटम लाइन हो । यसमा टेकेर म लगायतले पटक पटक भन्दै आएका छौँ, चाहे त्यो नेता होस्, नाता पर्ने होस्, हाम्रो होस्, अर्काको होस् । दायाँ, बायाँको होस् । कुनैपनि कानून उल्लंघन गर्ने काम गरेको छ भने सर्वसाधारणले जुन विषय उल्लंघन गर्दा दण्ड पाउँछ, शक्तिशालीले पनि त्यो विषय उल्लंघन गर्दा दण्ड पाउनुपर्छ । यो विषयमा तपाईंहरुले बोल्नुभयो की भएन, मौन हुनुहुन्छ की हुँदैन ? भन्नेकुरा यो सोधिराख्नै पर्दैन ।

    यो मेरो हकमा पनि र अरुको पनी त्यही हो । यसभित्र जसको नाम आउँछ, त्यो छानबिनको दायरामा आउँछ, अउनुपर्छ । जहाँसम्म नेपाली कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आयो, उहाँ आफैँले यो प्रसंगमा आज संसदको बैठकबाट ममाथि प्रश्न उठेकाले अनुसन्धान होस् भन्नुभएको छ ।’

    महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend