logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • रारा विमानस्थल ताल्चले निम्त्याएको विपत्ति : विमानस्थल मुनिका दर्जनौँ बस्ती पहिरोको जोखिममा

    रारा विमानस्थल ताल्चले निम्त्याएको विपत्ति : विमानस्थल मुनिका दर्जनौँ बस्ती पहिरोको जोखिममा

    917
    Shares
    रारा विमानस्थल ताल्चले निम्त्याएको विपत्ति : विमानस्थल मुनिका दर्जनौँ बस्ती पहिरोको जोखिममा

    सनत हमाल/मुगु । मुगुको एकमात्र हवाई यातायातको माध्यम रारा विमानस्थल ताल्चले सेवा सुविधासँगै विपत्ति पनि निम्त्याएको छ । रारा विमानस्थल ताल्च पिच भएसँगै रारा विमानस्थल ताल्चले यतिबेला मानविय तथा प्राकृतिक विपत्ति निम्त्याएको हो ।

    रारा विमानस्थल ताल्च पिच भएसँगै पानीको नहर बुकाखोला, लेत्याखोला, बुद्याखोलामा मिसाईएकाले रारा विमानस्थल ताल्च मुनिका छायाँनाथ रारा नगरपालिका वडा नं ४ का दर्जनौ बस्ती पहिरोको उच्च जोखिममा छन् ।

    २०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रारा विमानस्थल पिच भएको र त्यहाँबाट बग्ने नहरहरु बुकाखोला, लेत्याखोला, बुद्याखोलामा मिसाईएकाले विमानस्थलबाट बग्ने पानीले विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् ।

    यी खोलामा आउने बाढी पहिरोले सयौँ बिगाह जमिन कटान गरेको र धेरैका घर बगाएको छ । पानी नै नआउने खोलामा हिजो आज पानी खलखल बगेको देखिन्छ । खोलामा पानी मात्रै होईन अहिलेको अवस्थामा बाढी नै आउने पानीको बहाव हुन्छ । बाढीसँगै आउने पहिरोको त्रासका कारण बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्राम बस्न बाध्य छन् ।

    No description available.

    विमानस्थलबाट बग्ने पानीले खोला आसपासमा प्रति बर्ष यसरी नै खेतीयोग्य जमिन कटान गर्दै जाने हो भने विमानस्थलको भविस्य पनि संकटमा पर्ने देखिन्छ । अहिले पनि विमानस्थलको उत्तर तिर जमिन भाँसिएको छ । विमानस्थल मुनि पहिरो जार्दै गर्ने हो भने विमानस्थल पनि संकटमा पर्ने र खोलाले वर्षेनी कटान गर्दै जाँदा यसबाट शिरमा रहेको राराताल पनि संकटमा पर्ने स्थानीयको भनाई छ ।

    रारा विमानस्थलबाट निस्किएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरु बस्ती पाटपटेनी, मुश्याचौर, माथिल्लो कालापाल्त, तल्लो कालापाल्त, कोष, दोवाट, कालाजुर लेत्याखोला किनारका बस्तीहरु, ढुमालेख, डाँडाजिउला, टहधारा र बुद्याखोला किनारका बस्तीहरु गिमखोला जुक्याना गाउँ, खत्याडीकोट, गमगाढाको पावर हाउसलगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

    विमानस्थल पिच भएको र त्यहाँबाट बग्ने नहर बुकाखोलमा मिसाईएका छन् भने अन्य लेत्याखोला, बुद्याखोलामा त्यसको विभिन्न क्षेत्रबाट बग्ने पानीका कारण विमानस्थल मुनिका दर्जनौ बस्ती पहिरोको जोखिमा परेका छन् भने गमगढी, बालै, राताचौर हुँदै पिना जोड्ने सडक पनि जोखिममा छ ।

    यो सडक हुँदै छायाँनाथ रारा नगरपालिका वडा नं ४, ६, ७, ८ का बिद्यार्थी तथा स्थानीय सदरमुकाम गमगढी आउन यो सडक हुर्दै आउँछन् । जोखिम मोलेर सदरमुकाम जानुपरेको स्थानीयबासीको भनाई छ ।

    No description available.

    लगातार आएको अबिरल वर्षाले खोलामै आएको बाढीका कारण सो क्षेत्रका विभिन्न क्षेत्रहरुमा जमिन भाँसिदा सो क्षेत्रका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नु परेको छायाँनाथ रारा नगरपालिका ४ का स्थानीय जङ्ख बहादुर भामले बताए । पानीसँगै आउने बाढीले ताल्च बिमानस्थल तलका बस्तीमा ९ बर्षदेखि दिन प्रतिदिन यस्तो समस्या थपिदै गएको छ ।

    स्थानीय चिन्तित हुने सरोकारवाला निकायले वास्था नगर्ने गरेका कारण समस्या थपिदै गएको भामले बताए ।

    विमानस्थलको पानीले गर्दा बुका खोलाले सयौँ बिगाह जमिन पनि कटान् गरेको छ । खेतीयोग्य जमिन बालीनाली बगाएको छ । खोलाको आसपासका बस्ति जोखिममा परेका भए पनि यसप्रति कसैले ध्यान नदिएकाले समस्या बल्झिदै गएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मी प्रसाद भामले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend