logo

२०८१ पुष ६ शनिबार

logo
  • शनिबार, ६ पुष २०८१
  • सरकारले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने

    सरकारले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने

    679
    Shares
    सरकारले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने

    काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना हुने बताएका छन् ।

    संखुवासभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले गत मन्त्रीपरिषद्को बैठकले संखुवासभाको खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको बताए । उनले क्रान्तिकारी महिला विदुषीहरुको नामबाट विश्वविद्यालय स्थापना हुँदा संखुवासभा जिल्लावासी सबैले खुशी महशुस गरेको अनुभुति आफूले पाएको बताए ।

    उनले विद्युत महशुस तिर्न जनताहरुले नपाएर पेनाल्टी तिर्नुपर्ने अवस्थाको छिटै अन्त्य गर्ने बता । अब सबै ठाउँमा समयमा विद्युत महशुल तिर्न पाउनेगरीको व्यवस्था मन्त्रालयले गर्ने प्रतिवद्धता जनाए ।

    मन्त्री खड्काले संखुवासभा पर्यटनको लागि पनि उच्च सम्भावना भएको जिल्ला रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend