logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

    4.5K
    Shares
    सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

    सुनको मूल्य प्रतितोला हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । अघिल्लो दिन मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढ्दै रेकर्ड कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

    यसअघि गत भदौ २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

    अघिल्लो दिन मंगलबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम थियो।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेपछि यसको असर नेपाली बजारमा परेको हो ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढाउँदा नयाँ रेकर्ड कायम भएको महासंघले जनाएको छ ।

    विश्व बजारमा डलरको भाउमा उतारचढाव आइरहेको छ । फेडरल रिजर्भले ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत कायम गरेको छ ।

    यस्तै आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पले डलरलाई विश्वकै सञ्चिती मुद्राको रुपमा राख्ने घोषणापत्रमा उल्लेख गरेका छन् । आगामी सन् २०२७ मा सुनको भाउ बढेर प्रति औंस ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend