काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो ।
यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बैठकले निर्णय गरेको छ ।
यो विषयमा छलफल गर्नको लागि चाँडै संसदीय दलको बैठक बस्ने समेत बताइएको छ ।
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।