logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौं : रास्वपा

    उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौं : रास्वपा

    2.5K
    Shares
    उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौं : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरु प्रतिवाद गर्न तयार रहेको बताएको हो ।

    बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भएपनि स्पष्टिकरणको मौका दिनुपर्ने बताए । उनले १८ महिना अगाडीको प्रकरण अहिले निकालिएको भन्दै अहिले निकाल्नुको कारणबारे सत्तारुढ दलहरुलाई प्रश्न गरे ।

    उनले आफूहरु सत्तारुढ दलहरुको आगामी कदमहरुलाई नियालीरहेको भन्दै उनीहरुको कदम अनुसार आफ्नो कदम निर्धारण गर्ने बताए ।

    उनले भने – ‘१८/१९ महिना पहिला एउटा पत्रमा उहाँको हस्ताक्षर देखियो जुन पत्र सम्बन्धित मन्त्रालयमा दर्ता पनि भएको छैन । सम्बन्धित ठाउँमा पुगेको पनि छैन । भिसाको लागि अनुरोध पत्र थिएन । अन्तर्वाताको लागि अनुरोध पत्र थियो । त्यतिखेर कार्यक्रमको समय धेरै नजिक आइरहेको थियो त्यसैले म लगायत मेरो टोलीलाई अलि चाँडै अन्तर्वाताको समय दिनसक्छौँ कि भनेर अनुरोध पत्र हस्ताक्षर भयो ।

    जुन गलत भयो फेरि । त्यसमा हामीले सही थियो । कुनै गल्ती थिएन भनिरहेका छैनौँ । त्यो दुरुपयोग भएको हो । तर त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर किन राखियो ? एउटा प्रश्न हाम्रो । यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर लुकाएर राखिएको होला नि । यदि गलत थियो भने त १८ महिना अगाडी नै गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यसैले उहाँहरुको इमान्दारितामा र दाउपेचमा प्रश्न । नयाँ गठबन्धन बनेपछि यो सान्दर्भिक भएको हो ? त्यो बेला सान्दर्भिक थिएन भन्ने हाम्रो प्रश्न हो ।

    अर्को कुरा यदि नराम्रो नै भयो भने नराम्रो भएपछि कानूनी प्रक्रिया छ नि । छानविन गर्न सकिन्छ । उहाँलाई स्पष्टिकरण दिने मौका दिनुपर्छ । त्यो सबै भएपछि बल्ल त्यहाँ पुग्ने हो । हाम्रो बुझाइ के हो भने संवैधानिक परिषद्मा उहाँहरुको बहुमत को हुनुपर्छ को हुनुपर्दैन भन्ने हो । कुनै पनि औपचारिक कदम चालिसकिएको छैन । संकलित हस्ताक्षर कतै दर्ता भइसकेको छैन । त्यसकारण हामी छलफल मात्रै गरिरहेका छौँ । यो नै निर्णय हो भन्ने निष्कर्ष सुनाउनुपर्ने अवस्था आएको छैन ।

    उहाँहरुले कस्तो कदम लिनुहुन्छ त्यस अनुसार छलफल गर्नेछौँ । पर्ख र हेर को अवस्थामा छौँ । तर अर्को कुरा सरोकार छ, आक्रामक रुपमा हामी तयार छौँ । आएको परिस्थितिलाई कसरी सामना गर्ने, त्यसलाई कसरी प्रतिकार गर्ने र कसरी त्यसमा हामीले कार्य गर्ने भन्नेकुरामा पूर्ण तयारी र सरोकार छ ।’

    उनले आफूहरु उपसभामुखको रक्षाका निम्ति तयारी अवस्थामा रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend