logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सेयर बजार आज पनि घट्यो, कारोबार ६ अर्ब ८५ करोडमा सीमित

    सेयर बजार आज पनि घट्यो, कारोबार ६ अर्ब ८५ करोडमा सीमित

    434
    Shares
    सेयर बजार आज पनि घट्यो, कारोबार ६ अर्ब ८५ करोडमा सीमित

    काठमाडौं । सेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसूचक २२.७३ अंक घटेर २६१० मा अडिएको छ ।

    आज ६६ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ४ को स्थिर रह्यो ।

    अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ८५ करोडमा सीमित भयो ।

    आज कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, ग्रिनलाइफ हाइड्रोपावर, समृद्धि फाइनान्स र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहे ।

    फाइनान्स ०.४३, निर्जीवन बीमा ०.०१ र व्यापार ०.१६ प्रतिशत बढे । प्रतिशत बढ्यो भने अरु क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकास बैंक १.०२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.९२, लगानी १.८७, उत्पादन १.०१, माइक्रोफाइनान्स ०.५४, अन्य ०.६१ प्रतिशत घटे ।

    विन नेपाल लघुवित्तको १०, थ्रीस्टार हाइड्रोको ९.४ तथा समाज लघुवित्तको ६.८ प्रतिशत मूल्य बढ्यो । एसियन हाइड्रोपावरको ६.८ प्रतिशत मूल्य घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.८, मनकामना इन्जिनियरिङको ४.६ प्रतिशत मूल्य घट्यो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend