सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सम्बोधन हुनुपर्ने मुद्दाहरु कार्यान्वयन गर्न राष्ट्रिय पर्यटन व्यवसायी संगठनद्वारा बोर्डका सिइओ जोशीको ध्यानाकर्षण

सम्बोधन हुनुपर्ने मुद्दाहरु कार्यान्वयन गर्न राष्ट्रिय पर्यटन व्यवसायी संगठनद्वारा बोर्डका सिइओ जोशीको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण गराएको छ । संगठनका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद सापकोटा र महासचिब यम बहादुर खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटन बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न मुद्दाहरु यथाशिघ्र कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

साथै, संगठनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका दीपकराज जोशीलाई बधाई दिएको छ ।

संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पर्यटन बोर्ड मार्फत सम्बोधन हुनुपर्ने निम्न बुँदाहरु यथाशिघ्र कार्यान्वयन गर्न यहाँ मार्फत बोर्ड संचालक समिति र प्रसासनको ध्यानाकर्षण गराउँदछौँ ।’

यस्ता छन् संगठनले कार्यान्वयन गर्न माग गरेका बुँदाहरु :

क) २०८१-२०८२ को नेपाल पर्यटन बोर्डको बजेट तत्काल पास गरि कार्यान्वयनमा लैजानुपर्ने

ख) विश्व प्रशिद्द पर्यटन मेलाहरु WTM, ITB लगाएतमा नेपाल पर्यटन बोर्ड मार्फत निजी क्षेत्रको सहभागिता तत्काल शुनिस्चित गर्नुपर्ने

ग) निजि क्षेत्रको सहभागितामा नया पर्यटन बजारहरु पहिचान गरि तत्काल प्रबर्धात्मक कार्यक्रमहरु आयोजना गरिनुपर्ने

घ) एयर टिकटमा लगाईएको VAT र Trekking मा लगाईएको VAT तत्काल फिर्तालिन सरकारसँग संबाद गर्नुपर्ने

ङ) TIMS को उदेस्य अनुरुप कार्यान्यन गरि FIT Trekkres लाई रोक्नुपर्ने, जसका लागि तत्काल पर्यटनहरु पदमार्ग प्रबेश गर्ने द्वारहरुमा चेकपोस्टहरु स्थापना गर्नुपर्ने

च) No Trekking without Guide / Porter यथाशिघ्र लागु गर्नुपर्ने

छ) विश्व बजारमा नेपालको प्रचार-प्रसार गर्न BBC. CNN जस्ता प्रसिद्द संचार माध्यमहरुमा नेपालको प्रचार गर्नुपर्ने

ज) TIMS कोषमा जम्मा भयको श्रमिक कल्याणकारी कोषको रकम TAAN मार्फत तत्काल कार्यान्यनमा ल्याउनुपर्ने

झ) नेपाल एयरलाइन्सको सुधारको लागि NTB ले नेतृत्वदायी भूमिका खेल्नुपर्ने

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend